नागरिक एपबाटै नेपाल खुला विश्वविद्यालयको ट्रान्सक्रिप्ट हेर्न र डाउनलोड गर्न मिल्ने

बिजमाण्डू
२०८३ असार २३ गते १५:५३ | Jul 7, 2026
नागरिक एपबाटै नेपाल खुला विश्वविद्यालयको ट्रान्सक्रिप्ट हेर्न र डाउनलोड गर्न मिल्ने


काठमाडौं । नेपाल खुला विश्वविद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरुले नागरिक एपमार्फत शैक्षिक ट्रान्सक्रिप्ट हेर्न र डाउनलोड गर्न मिल्ने भएको छ।

Vigo
GBIME
Tata

नागरिक एपमा नयाँ अपडेटसँगै आजदेखि यो सेवा पूर्ण रुपमा संचालनमा आएको नेपाल खुला विश्वविद्यालयका विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायका डीन भोजराज घिमिरेले बताए।

उनले भने,’ हामीले भर्खरै यसको फाइनल टेस्टिङ सकेर अप्रेसनमा ल्याएका छौं।’

उनका अनुसार यो सेवा विद्यार्थीको गोपनीयता र डेटा सुरक्षालाई उच्च प्राथामिकतामा राखेर तयार पारिएको छ। विद्यार्थीको नाम ‘म्याच’ नभई डेटा नदेखिने र स्क्रिनसट लिन नमिल्ने उनले जानकारी दिए।