भन्सार र आन्तरिक राजस्व विभागले पाए नयाँ नेतृत्व, भुसालद्वयलाई दिइयो जिम्मेवारी



बिजमाण्डू
२०८३ असार २२ गते २१:०३ | Jul 6, 2026
भन्सार र आन्तरिक राजस्व विभागले पाए नयाँ नेतृत्व, भुसालद्वयलाई दिइयो जिम्मेवारी


काठमाडौं। अर्थ मन्त्रालयका दुई महत्त्वपूर्ण विभागले नयाँ नेतृत्व पाएका छन्।

Tata
GBIME
Nepal Life

मन्त्रिपरिषद्को असार १८ गतेको निर्णय अनुसार भन्सार विभागको महानिर्देशकमा सहसचिव यमलाल भुसालले जिम्मेवारी पाएका छन्। विभागका निमित्त महानिर्देशक भरतमणि पाण्डेयको सरुवा भएको छ। विभागको उपमहानिर्देशकमा प्रेमप्रसाद आचार्य नियुक्त भएका छन्।

मन्त्रालयका अनुसार आन्तरिक राजश्व विभागको महानिर्देशकमा डा.भीष्मकुमार भुसाल नियुक्त भएका छन्। हालका महानिर्देशक रमेश अर्यालको सरुवा भएको छ।