मुक्तिनाथ विकास बैंकले देशभरका एक हजारभन्दा बढी विद्यार्थीलाई बाँड्यो शैक्षिक सामग्री



बिजमाण्डू
२०८३ असार १९ गते १४:०४ | Jul 3, 2026
मुक्तिनाथ विकास बैंकले देशभरका एक हजारभन्दा बढी विद्यार्थीलाई बाँड्यो शैक्षिक सामग्री

काठमाडौं। मुक्तिनाथ विकास बैंकले देशका विभिन्न सरकारी विद्यालयमा अध्ययनरत एक हजारभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री तथा अन्य सहयोग प्रदान गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले मोरङ, महोत्तरी, अर्घाखाँची, डडेलधुरा, रुपन्देही, उदयपुर, झापा, नवलपरासी, सर्लाही र कञ्चनपुरका विद्यालयका विद्यार्थीलाई सामग्री प्रदान गरेको हो।

बैंकका अनुसार विद्यालय पोसाक, स्कुल ब्याग, स्टेशनरी सामग्री तथा अन्य आवश्यक शैक्षिक सामग्री वितरण गरिएको छ।

यसैक्रममा बैंकले सामाजिक संस्था ‘अस्तित्व नेपाल’सँगको सहकार्यमा आगलागीबाट घाइते भएका तथा आर्थिक रूपमा कमजोर अवस्थाका ६ जना बालबालिकाको एक शैक्षिक वर्षको अध्ययन खर्च पनि व्यहोरेको छ।

बैंकले सुर्खेतको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, खजुरालाई एक थान डिजिटल स्मार्ट बोर्ड उपलब्ध गराएको छ। रुपन्देहीको देवदहस्थित विद्यालयलाई ४ थान सिलिङ पंखा तथा महोत्तरी र रुपन्देहीका २ विद्यालयलाई खेलकुद सामग्री पनि हस्तान्तरण गरिएको छ।

बैंकका अनुसार आर्थिक अभावका कारण शैक्षिक सामग्रीको पहुँचबाट वञ्चित विद्यार्थीलाई सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम संचालन गरिएको हो। यस्ता सहयोगले विद्यार्थीको पठनपाठन सहज बनाउन र विद्यालयमा अध्ययनको वातावरण सुधार्न मद्दत पुग्ने अपेक्षा गरिएको बैंकले जनाएको छ।