टुर अपरेटर्स कर सम्बन्धी कानुनको ज्ञान नभएर कारबाहीमा परेपछि पर्यटन बोर्डले दियो तालिम



बिजमाण्डू
२०८३ असार १९ गते १३:३३ | Jul 3, 2026
टुर अपरेटर्स कर सम्बन्धी कानुनको ज्ञान नभएर कारबाहीमा परेपछि पर्यटन बोर्डले दियो तालिम


काठमाडौं। नेपाल पर्यटन बोर्डले ट्राभल एण्ड टुर एजेन्सीहरुलाई कर र कानुनी अनुपालनासम्बन्धी तालिम दिएको छ।

Tata
GBIME
Nepal Life

बोर्डले सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोट्टो) नेपालसँगको सहकार्यमा काठमाडौंमा दुई दिने तालिम सञ्चालन गरेको हो।

खासगरी साना व्यवसायीले कर र भ्याटसम्बन्धी कानुनको ज्ञान नहुँदा झन्झटका साथै ठूलो जरिवाना बेहोर्नुपरेकाले तालिम सञ्चालन गरेको बोर्डले जनाएको छ।

दुई दिने तालिममा विभिन्‍न ट्राभल तथा टुर एजेन्सीका ५० जनाले सहभागिता जनाएका छन्।