युरोनियम खानी उत्खननका लागि सरकारले कसैसँग सम्झौता गरेको छैन : परराष्ट्रमन्त्री खनाल



बिजमाण्डू
२०८३ असार १७ गते १७:३२ | Jul 1, 2026
युरोनियम खानी उत्खननका लागि सरकारले कसैसँग सम्झौता गरेको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङमा रहेको युरोनियम खानी उत्खनन सम्बन्धमा सरकारले हालसम्म कसैसँग सम्झौता नगरेको स्पष्ट पारेका छन्।

Tata
GBIME
Nepal Life

उनले बुधबार राष्ट्रिय सभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रारम्भिक अध्ययनका क्रममा मुस्ताङमा खानी रहेको भन्ने जानकारी प्राप्त भए पनि उत्खननका लागि अहिलेसम्म कुनै पनि प्रकारको सम्झौता नभएको बताए।

उनले प्राकृतिक स्रोतको उपयोग सम्बन्धमा संविधानमा गरिएको व्यवस्थाप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताए।

मन्त्री खनालले प्रारम्भिक अध्ययनले मुस्ताङमा खानी रहेको पुष्टि भए पनि थप अध्ययन र अन्वेषण आवश्यक रहेको भन्दै खानी तथा भूगर्भ विभागले यो काम गर्ने जानकारी दिए।