कर्मचारी सरुवाको प्रक्रिया अब अनलाइनबाट, प्रणाली बाहिरको निवेदनमा कुनै कारबाही नहुने



बिजमाण्डू
२०८३ असार १६ गते २१:१५ | Jun 30, 2026
कर्मचारी सरुवाको प्रक्रिया अब अनलाइनबाट, प्रणाली बाहिरको निवेदनमा कुनै कारबाही नहुने

काठमाडौं। सरकारले कर्मचारी सरुवालाई अनलाइन प्रणालीमा आधारित बनाएको छ। सरुवा हुन चाहने कर्मचारीलाई आवश्यक विवरणसहित अनलाइनबाट आवेदन दिन मिल्ने गरी मंगलबारदेखि सेवा सुरु भएको हो।

Tata
GBIME
Nepal Life

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवालाई आधुनिक, प्रविधिमैत्री, पूर्वानुमानयोग्य बनाउने उद्देश्यले अनलाइन सरुवा सफ्टवेयर प्रणाली विकास गरेको हो। प्रणालीमार्फत मात्र सरुवासम्बन्धी कार्य सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।

सरुवाका लागि इच्छुक कर्मचारीहरूले अनिवार्य रूपमा प्रणालीमा आफ्नो व्यक्तिगत खाता सिर्जना गरी निवेदन पेस गर्नुपर्ने छ।

अनलाइनबाहेक अन्य कुनै माध्यमबाट प्राप्त हुने सरुवासम्बन्धी निवेदनउपर कुनै कारबाही नहुने मन्त्रालयले जनाएको छ।