काठमाडौं। नेपाल टेलिकमले मुगुको मुर्माटपमा फोरजी सेवा सुरु गरेको छ।
रारा तालको दृश्यावलोकनका लागि परिचित स्थल मुर्माटपमा टेलिकमले असार १५ गतेदेखि फोरजी सेवाको सुरु गरेको हो।
मुर्माटपमा फोरजी सेवा सुरु गरेसँगै स्थानीयबासी, पर्यटक र पदयात्रीले उच्च गतिको मोबाइल इन्टरनेट सेवा उपयोग गर्न सक्ने कम्पनीले बताएको छ। यसले रारा क्षेत्रको पर्यटन प्रवर्धनमा थप टेवा पुग्ने टेलिकमको विश्वास छ।










