काठमाडौं। सरकारी कम्पनीले बिक्री गर्ने चामलमा किरा भेटिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्ने चामलमा डल्लासँगै चिलेसा भेटिएको हो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले वाणिज्य विभागसँग मिलेर विराटनगरमा अनुमगन गर्दा कम्पनीको चामलमा विभिन्न कैफियत भेटिएको छ। कम्पनीले बोरामा ब्याच नम्बर तथा मूल्य उल्लेख नगरी चामल बिक्री गरेको पाइएको छ।
अनुगमनका क्रममा २५ केजीको ३९ बोरा मुसाले प्वाल पारेको र डल्ला परेको चामल कामदारले नयाँ बोरामा प्याक गर्दै गरेको अवस्थामा भेटिएको विभागले जनाएको छ।
विभागले ३९ बोरा जिरा मसिनो चामल अर्को निर्णय नभएसम्म बिक्री नगर्न निर्देशन दिएको छ। प्रयोगशाला परीक्षणका लागि चामलको नमुना संकलन गरिएको विभागले जनाएको छ।











