काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन्।
विपिन प्रतिस्पर्धी मनिष झा, सागर ढकाल र गणेश कार्कीलाई पछि पार्दै महामन्त्रीमा निर्वाचित भएका हुन्। निर्वाचनमा १२८९ जनाले मतदान गरेका थिए।

विपिन रास्वपाका संस्थापक नेता हुन्। उनी पार्टी सभापति रवि लामिछानेका सबैभन्दा विश्वासपात्र मानिन्छन्।










