रास्वपाको महाधिवेशनले प्रतिनिधि सभाको बैठक सरेको सर्‍यै, डीपीले एकैदिन दुई पटक फेरे मिति



बिजमाण्डू
२०८३ असार १२ गते १६:४२ | Jun 26, 2026
रास्वपाको महाधिवेशनले प्रतिनिधि सभाको बैठक सरेको सर्‍यै, डीपीले एकैदिन दुई पटक फेरे मिति

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन लम्बिएका कारण प्रतिनिधि सभाको बैठक आइतबारका लागि सारिएको छ।

Tata
GBIME
Nepal Life

सभामुख डीपी अर्यालले शुक्रबार दुई पटक बैठकको समय फेरेका हुन्। उनले सुरुमा शनिबार बिहान ११ बजेका लागि बैठक तय गरेकामा रास्वपामा पदाधिकारी चयनको काम नसकिएपछि आइतबारका लागि सारेका छन्।

प्रतिनिधि सभाको पछिल्लो बैठक असार ५ गते बसेको थियो। असार ७ देखि ९ सम्म तय रास्वपाको महाधिवेशनका कारण प्रतिनिधि सभाको बैठक ११ गतेसम्मका लागि स्थगित गरिएको थियो। तर महाधिवेशन लम्बिएपछि सभामुख अर्यालले १० गते शुक्रबार अपराह्न १ बजेका लागि बैठक तय गरेका थिए।