उपत्यकाका १५ कन्सल्टेन्सीका १८ सञ्चालक तथा प्रतिनिधि पक्राउ, को-को परे कारबाहीमा?



बिजमाण्डू
२०८३ असार ११ गते २२:२२ | Jun 25, 2026
उपत्यकाका १५ कन्सल्टेन्सीका १८ सञ्चालक तथा प्रतिनिधि पक्राउ, को-को परे कारबाहीमा?

काठमाडौं। काठमाडौं, ललितपुर र भक्तपुरमा दर्ता नगरी सञ्चालनमा रहेका १५ वटा कन्सल्टेन्सीका १८ जना सञ्चालक तथा प्रतिनिधिलाई प्रहरीले पक्राउ गरेको छ।

Tata
GBIME
Nepal Life

अनुगमनका क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका कन्सल्टेन्सीहरूबाट १८ जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी परिसरमा पठाइएको हो।

पक्राउ परेकामध्ये १४ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौं, २ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुर र २ जनालाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।

कारबाहीमा परेका कन्सल्टेन्सीहरुमा गुरुबा स्टडी, लेक्सिको एजुकेशन, पास्कल एजुकेशन, एपिटोमी एजुकेशन रहेका छन्। यस्तै मेघाटेक एजुकेशन, स्किल प्वाइन्ट एजुकेशन, भाइब्रेन्ट एजुकेशन, ड्रिम एजुकेशन, युनिभर्सल गेटवे, भिक्टोरी एजुकेशन, ट्वान्टी फोर आवर्स एजुकेशन, ग्रिनर एजुकेशन, ग्लोबल इम्‍प्याक्ट, युरेसी एजुकेशन र ब्लुम एब्रोड छन्।