काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।
यसअघि विराजभक्त श्रेष्ठले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउने घोषणा गरेका थिए। तर, उनले मनोनयन दर्ता गराएनन्।
महिला उपसभापतिमा भने सोबिता गौतम र तोसिमा कार्कीको उम्मेदवारी परेको छ। इन्दिरा रानामगरले पनि उपसभापतिमा दाबी गरेकी थिइन्। पछि उनले गौतमलाई समर्थन गरिन्।
९९ केन्द्रीय सदस्य पदमा लागि भएको निर्वाचनमा निर्वाचित हुनेहरुको सूची पनि सार्वजनिक भएको छ।

















