प्रहरीको पोशाक खरिदमा हुने भ्रष्टाचार रोक्न सुधन गुरुङले सांसदहरुसामु सुनाए यस्तो योजना



बिजमाण्डू
२०८३ असार ४ गते १८:०९ | Jun 18, 2026
प्रहरीको पोशाक खरिदमा हुने भ्रष्टाचार रोक्न सुधन गुरुङले सांसदहरुसामु सुनाए यस्तो योजना

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले प्रहरीको पोशाक खरिदमा हुने भ्रष्टाचार रोक्न अब सम्बन्धित सुरक्षाकर्मीलाई नै पैसा दिने बताएका छन्।

Tata
GBIME
Nepal Life

उनले बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रहरीको पोशाक खरिदमा सेटिङ गरेर भ्रष्टाचार गर्ने गरेको कुरा धेरै पहिलेदेखि सुनेकाले अब आइन्दा सम्बन्धित सुरक्षाकर्मीलाई नै पैसा दिने बताएका हुन्।

‘प्रहरीको पोशाक खरिदमा जहिले पनि सेटिङ हुने गरेको हामीले धेरै सुनेको अवस्था छ। त्यही भएर यसपालि चाहिं हामीले जति रकम प्रहरीको पोशाकमा खर्च हुन्छ त्यो रकम सम्बन्धित प्रहरीलाई नै दिने र उहाँले आफैं खरिद गर्ने भन्ने सोच बनाएका छौं। ताकि सुरक्षाकर्मीको पोशाकमा कुनै पनि बिचौलियाले चलखेल नगरोस्,’ उनले भने।