राहदानी छपाइको ठेक्का प्रकरणमा थप दुई जना परे, आचार्य र मल्ल अख्तियारको नियन्त्रणमा



बिजमाण्डू
२०८३ असार ३ गते १३:४३ | Jun 17, 2026
राहदानी छपाइको ठेक्का प्रकरणमा थप दुई जना परे, आचार्य र मल्ल अख्तियारको नियन्त्रणमा

काठमाडौंl राहदानी छपाइको ठेक्का प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप दुई जनालाई नियन्त्रणमा लिएको छ।

Tata
GBIME
Nepal Life

अख्तियारले राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य र मनिन्द्रराज मल्ललाई नियन्त्रणमा लिएको हो। उनीहरुलाई मंगलबार राति पक्राउ गरिएको अख्तियार स्रोतले बताएको छ। उनीहरु दुवै जनालाई तीन दिन हिरासतमा राख्न विशेष अदालतले बुधबार अनुमति दिएको छ।

अख्तियारले सोमबार विभागका महानिर्देशक तीर्थराज अर्याल र सूचना प्रविधि निर्देशक सुनिलकुमार केसीलाई नियन्त्रणमा लिएको थियो।