प्रतिनिधि सभामा आज विनियोजन विधेयकमाथि छलफल हुने, राष्ट्रिय सभामा अर्थमन्त्रीले जवाफ दिने



बिजमाण्डू
२०८३ असार १ गते ०८:१२ | Jun 15, 2026
प्रतिनिधि सभामा आज विनियोजन विधेयकमाथि छलफल हुने, राष्ट्रिय सभामा अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं। सङ्घीय संसद्को दुवै सदनको बैठक सोमबार बस्दै छ। सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजे बस्न लागेको हो।

Tata
GBIME
Nepal Life

प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल सुरु हुनेछ। सचिवालयका अनुसार विनियोजन विधेयक, २०८३ को विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रुपमा छलफल हुनेछ।

कार्यसूचीअनुसार सोमबार युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका लागि विनियोजित शीर्षकमाथि छलफल हुनेछ।

त्यसैगरी, राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुनेछ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको जनाइएको छ। रासस