डिजिटल भुक्तानीका नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन टेलिकमको अनुरोध

बिजमाण्डू
२०८३ जेठ ३१ गते २१:२६ | Jun 14, 2026
डिजिटल भुक्तानीका नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन टेलिकमको अनुरोध


काठमाडौं। सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएसलगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक एसएमएस पठाउने गतिविधि भइरहेको भन्दै सचेत रहन नेपाल टेलिकमले अनुरोध गरेको छ।

Vigo
GBIME
Tata

खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरुलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गर्नेगरी सन्देश प्रवाह भइरहेको भन्दै टेलिकमले सचेत रहन आग्रह गरेको हो।

कुनै लिंक प्रयोग गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एपमार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरण सुरक्षित राख्न समेत कम्पनीले अनुरोध गरेको छ।

अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्न, ओटिपी, पिन नम्बर तथा पासवर्डलगायतका विवरण विवरण कसैसँग पनि सेयर नगर्न पनि टेलिकमले आग्रह गरेको छ।