सामाजिक सुरक्षा कोषबारेमा आज सर्वोच्चको निर्णय: स्वेच्छिक बनाउन माग, कस्तो आउला आदेश?

बिजमाण्डू
२०७८ साउन ७ गते ०९:१८ | Jul 22, 2021

Tata
GBIME

काठमाडौं। सामाजिक सुरक्षा कोषमा जाने/नजाने बिषयलाई स्वेच्छिक बनाउनु पर्ने भन्दै अन्तरिम आदेश मागेका २२ बैंकका कर्मचारीको मुद्दाको सुनुवाइ आज हुने भएको छ।

तीन वटा सुनुवाइपछि सर्बोच्च अदालतले आज अन्तरिम आदेश दिने/नदिने निर्णय गर्ने भएको छ। यसअघि दुबै पक्षको कुरा सुनेर मात्र आवश्यक निर्णय गर्ने भन्दै अदालतले सुनुवाइ तोकेको थियो।

मंगलबार दिनभरी बहश भएपनि टुङ्गो लाग्न सकेन। आज हुने छलफलपछि संयुक्त इजलासले अन्तरिम आदेश दिने/नदिने निर्णय गर्ने छ।

अहिले सामाजिक सुरक्षा कोषले बैंकहरुलाई पत्र लेखेर अनिवार्य रुपमा आउन भनेको छ। बैंकका कर्मचारीहरुले भने अहिले पाइरहेको सुविधा पनि काटिने भन्दै त्यहाँ जान चाहेका छैनन्। उनीहरुले अहिले नै राम्रो सामाजिक सुरक्षा पाइरहेकाले कोषमा नआउने जनाएका छन्।

कोषले जबर्जस्ति गरेको भन्दै उनीहरुले मुद्दा हालेका हुन्। उनीहरुले यसलाई स्वेच्छिक बनाउन माग गरेका छन्। २२ वटा बाणिज्य बैंकका कर्मचारीले मद्दा हालेका हुन्।

यसमध्ये नेपाल एसबीआइ बैंक भने कोषमा दर्ता भइसकेको छ। कर्मचारीले आफ्नो अनुमति बिना कोषमा दर्ता गरेको भन्दै बिरोध जनाएका छन्। स्ट्यान्डर्ड चार्टर्ड र लक्ष्मी बैंक भने स्वेच्छाले नै कोषमा आबद्ध भइसकेका छन्।