एक्सएल अण्डाको मूल्य प्रति क्रेट ५७५ रुपैयाँ पुग्यो, ‘खपत बढी उत्पादन कम भयो’



बिजमाण्डू
२०८३ जेठ २९ गते १५:५४ | Jun 12, 2026
एक्सएल अण्डाको मूल्य प्रति क्रेट ५७५ रुपैयाँ पुग्यो, ‘खपत बढी उत्पादन कम भयो’

काठमाडौं । खपत बढी र उत्पादन कम हुँदा अण्डाको मूल्य बढेको छ। अहिले देशका विभिन्न स्थानमा फैलिएको बर्ड फ्लूले लेयर्स कुखुराको ठुलो क्षति भएको छ भने गर्मीले गर्दा तराई क्षेत्रमा अण्डाको उत्पादन घटेको छ।

Tata
GBIME
Nepal Life

यसकारण बजारको माग अनुसार अण्डा आपूर्ति हुन नसक्दा मूल्य बढिरहेको नेपाल लेयर्स कुखुरा पालक संघले जनाएको छ।

अण्डाको मूल्य बढ्दा किसानले तथा व्यवसायीले लागत मूल्य पाइरहेपनि उपभोक्तालाई भने भाउ महंगो पर्न गएको हो।

संघले शुक्रबार देखि बजारमा लागू हुने गरि अण्डाको मूल्य क्रेटमा १५ रुपैयाँ बढाएर तोकेको छ। एक्स एल अण्डा प्रति क्रेट ५७५ रुपैयाँ, ठुलो अण्डा ५६० रुपैयाँ, मिडियम अण्डा ५६० रुपैयाँ पुगेको छ। सानो अण्डाको मूल्य क्रेटमा २९ रुपैयाँ बढेर क्रेटको ४५७ रुपैयाँ पुगेको छ।

यस अघि एक्स एल अण्डा क्रेटको ५६० रुपैयाँ, ठुलो अण्डा क्रेटको ५४५ ,मिडियम अण्डा क्रेटको ५१५ र सानो अण्डा प्रति क्रेट ४२८ रुपैयाँ थियो।

संघले क्रेटमा अण्डाको मूल्य बढाए पनि उपभोक्ता मूल्य भने प्रति गोटा २५ रुपैयाँ नै कायम गरेको छ।

संघका सचिव मदन पोखरेलले होटलहरुमा पर्यटकको आगमन बढेपछि अण्डाको माग उच्च रहेको बताए। यतिबेला बर्डफ्लु र गर्मीले उत्पादन घट्दो क्रममा रहेकोले भाउ बढ्दै गएको उनले बताए।

यतिबेला अण्डाको मूल्य बढ्दै जाँदा किसान र व्यवसायी लागत मूल्य नजिक पुगेको उनको भनाइ छ।

संघका अनुसार हाल देशभर अण्डाको उत्पादन दैनिक ४२ लाख गोटाको हाराहारीमा हुने गरेको छ।