महँगियो सुनचाँदी : सुन एकैदिन तोलामा ५ हजार ३०० र चाँदी १९० रुपैयाँ बढ्यो



बिजमाण्डू
२०८३ जेठ २९ गते १२:२५ | Jun 12, 2026
महँगियो सुनचाँदी : सुन एकैदिन तोलामा ५ हजार ३०० र चाँदी १९० रुपैयाँ बढ्यो

काठमाडौं। शुक्रबार सुनको मूल्य एकैदिन तोलामा ५ हजार ३ सय रुपैयाँले बढेको छ।

Tata
GBIME
Nepal Life

बिहीबार प्रति तोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार बढेर २ लाख ९२ हजार रुपैयाँ पुगेको हो।

केही दिनयता लगातार उतारचढाव देखिएको सुनको मूल्य शुक्रबार पुनः उकालो लागेको छ। बुधबार प्रति तोला २ लाख ९१ हजार ८ सय रुपैयाँ रहेको सुन बिहीबार ५ हजार १ सय रुपैयाँले घटेको थियो।

त्यसअघि मंगलबारको तुलनामा बुधबार एकैदिन १० हजार १ सय रुपैयाँले मूल्य घटेको थियो।

मंगलबार सुनको मूल्य प्रति तोला ३ लाख १ हजार ९ सय रुपैयाँ पुगेको थियो। सोमबारको तुलनामा त्यस दिन २ हजार रुपैयाँले वृद्धि भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बिहीबार प्रति तोला ४ हजार ६ सय ५० रुपैयाँ रहेको चाँदी शुक्रबार बढेर ४ हजार ८ सय ४० रुपैयाँ पुगेको छ। एकैदिन चाँदीको मूल्य प्रति तोला १ सय ९० रुपैयाँले बढेको हो।

यसअघि बिहीबार चाँदीको मूल्य बुधबारको तुलनामा ९० रुपैयाँले घटेको थियो। बुधबार प्रतितोला ४ हजार ७ सय ४० रुपैयाँ रहेको चाँदी मंगलबारको तुलनामा १ सय ८५ रुपैयाँले सस्तो भएको थियो।

मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय २५ रुपैयाँ कायम भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि प्रत्यक्ष रूपमा पर्ने गरेको छ।