लक्ष्मी उन्नति कोषले २५% नगद लाभांश दिने, वाणिज्य बैंकहरुमा मात्र ५६% लगानी, न्याभ बढ्दो

बिजमाण्डू
२०७८ साउन ५ गते १३:०२ | Jul 20, 2021

Tata
GBIME

काठमाडौं। लक्ष्मी उन्नति कोषले गत वर्षको आम्दानीबाट २५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। यो लाभांश करसहितको हो।

गत वर्षको नाफाबाट लाभांश घोषणा गर्ने उन्नति कोष पहिलो हो। लक्ष्मी बैंकले प्रवर्द्धन गरेको र लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको यी इकाइ लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित छन्। 

जेठसम्मको तथ्यांक अनुसार, यसको न्याभ १५.२५ रुपैयाँ छ। १० महिनाअघि १० रुपैयाँ ४० पैसा थियो। यसले ५७ वटा कम्पनीको सेयरमा लगानी गरेको छ। 

मूख्य तीन क्षेत्रमध्ये वाणिज्य बैंकहरुको सेयरमा ५६ प्रतिशत लगानी छ भने लघुवित्तमा १२.३४ प्रतिशत र निर्जीवन बीमा कम्पनीमा ९.६५ प्रतिशत लगानी छ। मूख्य १० कम्पनीमा यसको लगानी ३९.५ प्रतिशत लगानी छ।

नेशनल लाइफ, नेपाल बैंक, सानिमा बैंक, कृषि विकास बैंक, बैंक अफ काठमाण्डू, एनएमबि, नबिल, एभरेष्ट, सिद्धार्थ बैंक र शिखर इन्स्योरेन्समा मूख्य लगानी छ।