प्रहरी प्रधान कार्यालयद्वारा ५०९ इन्स्पेक्टरको सरुवा, उपत्यका भित्रमात्रै ४७ जना फेरबदल



बिजमाण्डू
२०८३ जेठ २८ गते १५:०७ | Jun 11, 2026
प्रहरी प्रधान कार्यालयद्वारा ५०९ इन्स्पेक्टरको सरुवा, उपत्यका भित्रमात्रै ४७ जना फेरबदल

काठमाडौं। प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको एकैपटक ठूलो संख्यामा सरुवा गरेको छ। मानव स्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाका अनुसार प्रहरी महानिरीक्षकको निर्णयबमोजिम ५०९ जनाको सरुवा तथा काज मिलाइएको हो।

Tata
GBIME
Nepal Life

सरुवा सूचीअनुसार काठमाडौंका विभिन्न युनिटहरूबाट ४७ जना प्रहरी निरीक्षक उपत्यका बाहिर विभिन्न जिल्ला तथा प्रदेशका युनिटहरूमा सरुवा भएका छन्। काठमाडौं उपत्यकाभित्र पर्ने ललितपुर र भक्तपुरका युनिटहरूबाट बाहिर पठाइएकाहरू समेत गणना गर्दा ५४ जना प्रहरी निरीक्षकहरू उपत्यकाबाट बाहिरिएका छन्।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजबाट कुमार शर्मा, ईश्वर रोकाय कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, अमृत लामिछाने जिल्ला प्रहरी कार्यालय तनहुँ, आकाश कँडेल जिल्ला प्रहरी कार्यालय गोरखा, उज्जल क्षेत्री जिप्रका दाङ, उज्जवल खड्का जिप्रका बझाङ र आशिष रायमाझी जिल्ला प्रहरी कार्यालय भोजपुर सरुवा भएका छन्।

कमल बिष्ट प्रहरी वृत्त बालाजुबाट झापाको इप्रका काँकडभिट्टा, ईश्वर महत प्रहरी वृत्त जनसेवा काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय मुस्ताङ र कञ्चन राजचल प्रहरी वृत्त जगाती भक्तपुरबाट इलाका प्रहरी कार्यालय झलारी कञ्चनपुर सरुवा भएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट कुमार गुरुङ प्रहरी वृत्त बालाजु पुगेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट कुसुम नायक मधेश प्रदेश प्रहरी कार्यालय धनुषा, कृष्ण खत्री प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार महाशाखाबाट कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, कृष्णबहादुर कुँवर प्रहरी वृत्त बौद्ध काठमाडौंबाट इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तु, अनुजा जंगम प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयबाट प्रहरी प्रदेश कार्यालय धरान, ईश्वर लौडारी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट जिल्ला प्रहरी कार्यालय रौतहट सरुवा भएका छन्।

सरुवा भएका सम्पूर्ण अधिकारीहरूले आगामी असार महिनादेखिको तलब र भत्ता हाल सरुवा भएकै दरबन्दीबाट पाउने गरी व्यवस्था मिलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।