परीक्षा हलमा भेटिएका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश, सिरहा घटनामा माग्यो लिखित जवाफ



बिजमाण्डू
२०८३ जेठ २७ गते १९:३९ | Jun 10, 2026
परीक्षा हलमा भेटिएका मोबाइल नष्ट नगर्न सर्वोच्चको आदेश,  सिरहा घटनामा माग्यो लिखित जवाफ

काठमाडौं। सर्वोच्च अदालतले परीक्षा हलभित्र भेटिएका मोबाइल जफत गरी नष्ट गर्ने कार्य नगर्न अन्तरिम आदेश दिएको छ।

Tata
GBIME
Nepal Life

अधिवक्ता अनिल कुमार साहसमेतले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश श्रीकान्त पौडेलको इजलासले परीक्षा हलभित्र भेटिएका मोबाइल र डाटा जफत गरी नष्ट गर्ने कार्य नगर्न बुधबार अन्तरिम आदेश दिएको हो।

सिरहामा एसईई र कक्षा १२ को परीक्षाका क्रममा विभिन्न परीक्षा केन्द्रबाट १ करोड बराबरका ७ थान आइफोन, ४८९ थान एन्ड्रोइड फोन र ५ थान स्मार्टवाच जफत गरिएकामा परीक्षा समन्वय समितिले जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा पानी भरिएको ड्रममा डुबाएर नष्ट गरेपछि संलग्न सरकारी अधिकारीलाई कारबाही र पीडित विद्यार्थीलाई क्षतिपूर्तिका लागि आदेश माग गर्दै सर्वोच्चमा मंगलबार रिट दायर भएको थियो।

त्यो रिटमा सर्वोच्चले ‘यसमा के कसो भएको हो? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो? आदेश जारी हुनु नपर्ने आधार र कारण भए सोसमेत साथै राखी यो आदेश प्राप्त भएका मितिले बाटोका म्याद बाहेक १५ दिनभित्र विपक्षीले महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नू’ भनेको छ।