प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही बनाउन साम्पाङको माग, ‘सीमामा सेना परिचालन गरौं’



बिजमाण्डू
२०८३ जेठ २७ गते १८:०४ | Jun 10, 2026
प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही बनाउन साम्पाङको माग, ‘सीमामा सेना परिचालन गरौं’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदप्रति जवाफदेही बनाउन श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले माग गरेका छन्।

Tata
GBIME
Nepal Life

सभामुख डोलप्रसाद अर्यालले बोल्न समय नदिएको भन्दै पार्टीका सांसदले रोस्टम घेराउ गरेको थियो। त्यसपछि सभामुखले हर्क साम्पाङलाई बोल्न समय दिएका थिए।

त्यसक्रममा सभामुखले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही बनाउन रुलिङ गर्नुपर्ने माग गरेका हुन्।

त्यसक्रममा उनले सीमाबारे प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको भन्दै दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने माग यथावत रहेको बताए। तर, शाह केही मिनेटको दुरी पार गरेर आउन समेत नचाहेको आरोप लगाए।

त्यसक्रममा उनले सीमा रक्षा गर्ने विषयमा राष्ट्रिय एकता कायम हुनुपर्ने बताए। उनले सीमा क्षेत्रमा सेना परिचालन गर्न पनि माग गरे।

‘सेनालाई सीमामा पठाऔं। कहिलेकाही पठाऔं। काठमाडौं र ब्यारेकमा मात्रै राख्ने होइन,’ उनले भने।