काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधि सभामा सीमा विवादबारे सांसदले उठाएका प्रश्नको जवाफ दिने भएका छन्।
सत्ता र प्रतिपक्षी दलहरुबीच भएको सहमति अनुसार तत्कालका लागि खनालले जवाफ दिने र त्यसपछि सबै दलका नेताहरुले पालैपालो सम्बोधन गर्ने सहमति भएको हो।
जवाफपछि भने संसद अवरोध कायमै राख्ने या हटाउने भन्ने निर्णय हुने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए।
प्रतिपक्षी दलहरुले प्रधानमन्त्री बालेन्द्र शाहको जेठ १७ गतेको नेपालले पनि भारतको जमिन मिचेको छ भनेको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने आवाजलाई निरन्तर राख्ने भएको छ।
प्रतिपक्षी दलले प्रधानमन्त्रीले नै आफूले राखेको अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राखे पनि बालेन्द्र शाह त्यसका लागि तयार भएनन्।









