स्काईवेल गाडीको मूल्य १४ देखि १६ लाख रुपैयाँसम्म घट्यो, अब कति पर्छ ?



बिजमाण्डू
२०८३ जेठ २५ गते १२:०३ | Jun 8, 2026
स्काईवेल गाडीको मूल्य १४ देखि १६ लाख रुपैयाँसम्म घट्यो, अब कति पर्छ ?

काठमाडौं । सरकारले बजेटमा करको प्रणाली परिवर्तन गरेपछि स्काइवेल गाडीको मूल्य १६ लाख रुपैयाँसम्म घटेको छ। कम्पनीले सोमबार आफ्नो नयाँ मल्यहरु सार्वजनिक गर्दै मूल्य घटेको जनाएको हो।

Tata
GBIME
Nepal Life

सरकारले मोटर पावरमा लाग्दै आएको कर प्रणालीलाई मूल्यका आधारमा लगाएको छ।

कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार स्काइवेल ५२ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री भएको बीई११ भेरियन्टको मूल्य १४ लाख रुपैयाँ घटाएर ६५ लाख ९० हजार रुपैयाँ राखिएको छ। यसअघि यसको मूल्य ७९ लाख ९० हजार रुपैयाँ थियो।

यस्तै, अर्को ७२ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री भएको भेरियन्टको मूल्य पनि १५ लाख रुपैयाँ घटेर ७४ लाख ९० हजार रुपैयाँ कायम गरिएको छ। यसको मूल्य बजेट अगाडि ८९ लाख ९० हजार रुपैयाँ थियो।

यसैगरी अर्को लङ रेन्ज ८५.९ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री प्याक भएको बीई११ मूल्य १६ लाख घटेर ९९ लाख रुपैयाँ कायम भएको छ। यसअघि यसको मूल्य १ करोड १५ लाख रुपैयाँ थियो।