आजको मौसम पूर्वानुमान : कोशी, बागमती र गण्डकीमा वर्षा तथा तराईमा तातो दिन हुने



बिजमाण्डू
२०८३ जेठ २५ गते ०८:०६ | Jun 8, 2026
आजको मौसम पूर्वानुमान : कोशी, बागमती र गण्डकीमा वर्षा तथा तराईमा तातो दिन हुने

काठमाडौं। आज देशका विभिन्न भू-भागमा आंशिक बदलीदेखि बर्सातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग तथा बाँकी हिमाली भेगमा साधारणतया बादल लाग्नेछ।

Tata
GBIME
Nepal Life

मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगमा आंशिक बादल लाग्नेछ भने बाँकी तराईमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ।

यस्तै, कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेगका थोरै स्थानमा र बाँकी हिमाली तथा पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।

सोमबार मधेश प्रदेश लगायत, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा तातो दिन हुने सम्भावना रहेको जनाइएको छ।

सोमबार राति कोशी प्रदेश लगायत देशका हिमाली भू-भागमा साधारणतया बादल, पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ भने तराई भू-भागमा मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशका थोरै स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग तथा कर्णाली प्रदेशका हिमाली भेगका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।