काठमाडौं । भारत र नेपालबीच सीमापार व्यक्तिगत विप्रेषणलाई सहज बनाउने कार्य सुरु भएको छ। भारत को नेश्नल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया र नेपालकोको नेशनल पेमेन्ट्स इन्टरफेस बीचको आबद्धताको संयुक्त रूपमा सुरुवात गरिएको हो।
परराष्ट्र मन्त्री शिशिर खनाल र भारतीय विदेश मन्त्री एस जयशंकरबीच भएको द्विपक्षीय वार्ता पछि सो सुरुवात गरिएको हो।
त्यसक्रममा सन् २०१५ को भूकम्पपछिको पुनर्निर्माण कार्यक्रम अन्तर्गत ७२ वटा स्वास्थ्य संस्था र १२ वटा साँस्कृतिक सम्पदा परियोजनाहरू भर्चुअल माध्यमबाट हस्तान्तरण गरिएको थियो।
सन् २०१५ को भूकम्पपछिको पुनर्निर्माण कार्यक्रम अन्तर्गत ७२ वटा स्वास्थ्य संस्था र १२ वटा साँस्कृतिक सम्पदा परियोजनाहरू भर्चुअल माध्यमबाट हस्तान्तरण गरियो।
साथै, नेपालका लागि ‘भोइस फस्ट’ भाषा अनुवाद प्लेटफर्मको राष्ट्रिय डिजिटल पूर्वाधार सहनिर्माण गर्न डिजिटल इन्डिया भाषिनी र काठमाडौं विश्वविद्यालयबीच समझदारी पत्र आदानप्रदान गरिएको थियो।
नेपाल र भारतबीच आपराधिक मामिलामा पारस्परिक कानुनी सहायता सम्झौता (एमएलएए) कार्यान्वयनका लागि आन्तरिक प्रक्रिया पूरा भएको छ। यो सम्झौता लागू भएसँगै सीमापार अपराधसँग सम्बन्धित अनुसन्धान, अभियोजन र न्यायिक कारबाहीलाई अझ बढी प्रभावकारी र संस्थागत बनाउन दुवै देशलाई मद्दत पुग्ने विश्वास गरिएको छ।
नयाँ सरकार गठन भएयता परराष्ट्र मन्त्रीको तहमा भएको यो पहिलो भारत भ्रमण हो। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गरेका थिए।
दुवै पक्षले व्यापार, पारवहन, ऊर्जा, कनेक्टिभिटी र जनता जनताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै द्विपक्षीय साझेदारीलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता जनाएका छन्।









