काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कुमारी बैंक लिमिटेडले इलाममा ३०० वटा बिरुवा रोपेको छ।
बैंकको फिक्कल शाखामार्फत इलाम नगरपालिका र लुम्बिनी विश्व शान्ति मञ्चसँग सहकार्य गरेर इलाम नगरपालिकाको स्वामित्वमा रहेको चिया बगान क्षेत्रमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको हो।
वृक्षरोपण कार्यक्रमले भविष्यमा प्राकृतिक सन्तुलन संरक्षण, हरियाली प्रवर्धन तथा वातावरणीय सुधारमा टेवा पुर्याउने, जैविक विविधताको संरक्षण र जलवायु परिवर्तन प्रति उत्तरदायित्वपूर्ण कदमका रूपमा योगदान पुर्याउने अपेक्षा गरिएको बैंकले जनाएको छ।
साथै, हरियाली विस्तारसँगै इलामजस्तो पर्यटकीय क्षेत्रको आकर्षण थप वृद्धि भई भविष्यमादिगो पर्यटन विकासमा समेत सकारात्मक योगदानपुग्ने अपेक्षा गरिएको बैंकले जनाएको छ।
विगत २५ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका २८६ शाखा संजाल तथा ४१ एक्सटेन्सन काउन्टरहरुबाट ‘समुदायका लागि कुमारी बैंक’ अवधारणा अन्तर्गत विविध कार्यक्रमहरू समेत संचालन गर्दै आएको जनाएको छ।









