विद्युतीय सवारीसाधनमाथि कर किलोवाट क्षमतामा होइन अब मूल्यका आधारमा

बिजमाण्डू
२०८३ जेठ १५ गते १८:०१ | May 29, 2026
विद्युतीय सवारीसाधनमाथि कर किलोवाट क्षमतामा होइन अब मूल्यका आधारमा


काठमाडौं। सरकारले विद्युतीय सवारीसाधनको कर गाडीको मूल्यलाई आधार बनाएर लगाउने निर्णय गरेको छ। यसअघि वैज्ञानिक भन्दै मोटरको किलोवाट क्षमताको आधारमा करका दर लगाइएको थियो।

Vigo
GBIME
Tata

यसअघि ०-५०, ५१-१००, १०१-२००, २०१-३०० र ३०१ किलोवाट क्षमता माथिका स्ल्याबहरु राखिएको थियो। अब भने गाडीको खरिद मूल्यका आधारमा उक्त करको दर लागु हुनेछ। मूल्य अनुसार इभीको कर तिर्नुपर्नेछ। अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै विद्युतीय सवारीको कराधार परिवर्तन घोषणा गरेका हुन्।

बिगतमा मूल्यको आधारका यही विषयलाई लिएर महालेखापरीक्षकको कार्यालयले समेत बेरुजु औंल्याउँदै मोटर पावर मापनको स्पष्ट आधार तय गर्न सरकारलाई सुझाव दिएको थियो। महालेखाले मोटरको वास्तविक किलोवाट मापन गर्ने मापदण्ड बनाउन र मूल्यका आधारमा कर निर्धारणको विकल्प अध्ययन गर्न सुझाएको थियो।

यातायात व्यवस्था विभाग र भन्सार विभागले पनि सवारीको मूल्य तथा आकारलाई आधार बनाएर कर प्रणाली निर्धारण गर्न सकिने सुझाव अर्थ मन्त्रालयलाई दिएका थिए। त्यसपछि अर्थ मन्त्रालयमा यस विषयमा उच्चस्तरीय छलफलसमेत भएको थियो।

त्यसपछि सरकारले छलफल गरी मूल्यमा करको दर लगाउने निर्णयमा पुगेको हो।