वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता, एक्स ४७ क्रसओभर ल्याउँदै

बिजमाण्डू
२०८३ जेठ १४ गते २०:५४ | May 28, 2026
वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता, एक्स ४७ क्रसओभर ल्याउँदै


काठमाडौं। नेपालको अग्रणी अटोमोबाइल घराना वैद्य अर्गनाइजेसन नेपालका लागि अल्ट्राभोइलेटको आधिकारिक वितरक र आयातकर्ता नियुक्त भएको छ।

Vigo
GBIME
Tata

भारतीय प्रिमियम इलेक्ट्रिक मोटरसाइकल उत्पादक अल्ट्राभोइलेटले वैद्यज अर्गनाइजेसनलाई नेपालका लागि नयाँ बिक्रेता नियुक्त गरेको हो।

यसअघि नेपालमा अल्ट्राभोइलेटका मोटरसाइकल केडिया ग्रुपले बिक्री वितरण गर्दै आएको थियो। यसअघि प्रिमियम इलेक्ट्रीक ब्राण्ड एथरका स्कुटर बिक्री गर्दै आएको कम्पनीले अब अल्ट्राभोइलेटका इलेक्ट्रीक मोटरसाइकल पनि बिक्री गर्ने भएको हो।

कम्पनीले डिलरशिप पाएसँगै बजार विस्तारमा आक्रमक रूपमा लाग्ने तयारी गरेको छ। कम्पनीले चाँडै नेपालमा अल्ट्राभोइलेटको बहुप्रतिक्षित एक्स ४७ क्रसओभर मोटरसाइकल नेपाल ल्याउने भएको हो। एक्स ४७ क्रसओभरको प्री बुकिङ छिट्टै सुरू गर्ने कम्पनीले जनाएको छ। 

 एक्स ४७ क्रसओभर आफ्नो सेगमेन्टमा इन्ट्रीग्रेटेड राडार भएको विश्वकै पहिलो मोटरसाइकल समेत हो। एक्स ४७ दैनिक राइडरहरू, रोमान्चक यात्रा मन पराउनेहरू र उत्साहीहरूका लागि इन्जिनियरिङ र निर्माण गरिएको छ।

त्यस्तै, कम्पनीले नेपालमा अल्ट्राभोइलेटमा एफ ७७ को ओरिजिनल र एफ ७७ रिकन मोडलको बुकिङ खुलाएको छ। कम्पनीले एफ ७७ को ओरिजिनल मोडलको सुरूवाती मूल्य ८ लाख ११ हजार र एफ ७७ को रिकनको मूल्य ९ लाख ६९ हजार रुपैयाँ तोकेर बुकिङ खुलाएको हो।

एफ ७७ मोटरसाइकलमा १०.३ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ। यसले एकपटकको फुलचार्जमा ३२३ किमी आइडीसी रेन्ज दिनेछ। यसमा ३० किलोवाटको इलेक्ट्रिक मोटर छ। जसले १०० न्युटन मिटर टर्क प्रदान गर्छ।

बाइकले मात्र २.८ सेकेन्डमा ० देखि ६० किमी प्रतिघण्टाको स्पिड भेटाउन सक्छ। यसको टप स्पिड १५५ किमी प्रतिघण्टा छ।  यसमा रहेको ३९ लेभल ट्रयाक्सन कन्ट्रोल सिस्टमले विभिन्न सडक परिस्थितिहरूमा उत्कृष्ट पकड र स्थिरता सुनिश्चित गर्दछ। यसमा १० लेभलको रिजेनेरेटिभ ब्रेकिङ प्रणाली छ। जसले थप सुविधा प्रदान गर्दै प्रभावकारी रूपमा यसको रेन्ज बढाउँछ।

 यसमा डाइनामिक स्टेबिलिटी कन्ट्रोल छ। जसले माइल्ड, एक्टिभ वा प्यानिक ब्रेकिङका बेला पूर्ण नियन्त्रण र स्थिरता सुनिश्चित गर्न एबीएससँग रिजेनेरेटिभ ब्रेकिङ लेभललाई सहज रूपमा मिलाउँछ। जसले राइडिङलाई सुरक्षित बनाउँछ। यसको हिल होल्ड फिचरले उकालो सडकहरूमा बारम्बार ब्रेक नदबाए पनि मोटरसाइकललाई स्थिर राख्न मद्दत गर्दछ।