काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणपछि मिङ्मा डेभिड शेर्पा काठमाडौं फर्किएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद समेत रहेका उनले केहीदिन अघि सगरमाथाको चुचुरोमा फेरि पाइला टेकेका थिए।

उनले सर्वोच्च शिखरमा संघीय संसदको झण्डासमेत फहराएका थिए। सदनदेखि शिखरसम्म भन्ने नारा लिएर उनले बुधबार सफल आरोहण गरेका थिए।










