एक्सचेन्ज बोनस र इएमआईको सुविधासहित सामसङको अपग्रेड टु ग्यालेक्सी अफर



बिजमाण्डू
२०८३ जेठ १४ गते ११:२७ | May 28, 2026
एक्सचेन्ज बोनस र इएमआईको सुविधासहित सामसङको अपग्रेड टु ग्यालेक्सी अफर


काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि विशेष ‘अपग्रेड टु ग्यालेक्सी’ अभियान घोषणा गरेको छ। यो अफर अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी स्मार्टफोन सिरिजमा सहज रूपमा अपग्रेड गर्न सक्ने कम्पनीले जनाएको छ।

Tata
GBIME

यो अफरमार्फत ग्राहकहरूले आकर्षक छुट, थप एक्सचेन्ज बोनस, विशेष टेलिकम अफर तथा सहज फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्ने जनाइएको छ। अभियान अन्तर्गत ग्राहकहरूले ० प्रतिशत डाउन पेमेन्टमा २४ महिनासम्मको इएमआई सुविधा पनि पाउनेछन्।

ग्राहकहरूले आफ्नो पुरानो सेलेक्टेड डिभाइस ल्याएर त्यसको मूल्यसँगै अधिकतम ८ हजार रुपैयाँ सम्मको अतिरिक्त एक्सचेन्ज बोनस प्राप्त गर्न सक्ने जनाइएको छ।

ग्राहकहरूको पहुँच अझ सहज बनाउन सामसङले निम्न निश्चित छुट सुविधा पनि उपलब्ध गराएको जनाएको छ।

मोडेलनिश्चित छुटएक्सचेन्ज बोनस
S26 Ultraरु. १०,०००रु. ८,०००
S26+रु. २३,०००रु. ८,०००
S26रु. १०,०००रु. ८,०००
A57रु. ५,०००रु. ५,०००
A37रु. ५,०००रु. ५,०००

यो विशेष अफरसँगै एनसेल को बोनस डेटा सुविधा पनि उपलब्ध हुनेछ कम्पनीले जनाएको छ।

नयाँ सार्वजनिक गरिएको ग्यालेक्सी एस२६ सिरिज सामसङको नवीनतम फ्ल्यागशिप इनोभेसन भएको यसले शक्तिशाली प्रदर्शन, उन्नत एआई-आधारित फिचरहरू तथा प्रिमियम प्रयोग अनुभव प्रदान गर्ने कम्पनीले भनेको छ।

साथै, ग्यालेक्सी ए५७ र ए३७ ५जी सिरिजमा स्मार्ट एआई फिचर, भरपर्दो परफर्मेन्स तथा आकर्षक डिजाइन उपलब्ध गराउँदै दैनिक प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव दिने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

यो अफर मे २७ देखि जुन ३० सम्म सीमित अवधिका लागि देशभरिका अधिकृत सामसङ रिटेल स्टोर तथा पार्टनर आउटलेटहरूमा उपलब्ध हुने जनाइएको छ।