बालाजु औद्योगिक क्षेत्रका २५ प्रतिशत उद्योग बन्द, चलेका पनि क्षमताको ४०% मात्रै संचालनमा

बिजमाण्डू
२०७८ असार २ गते १४:३९ | Jun 16, 2021
बालाजु औद्योगिक क्षेत्रका २५ प्रतिशत उद्योग बन्द, चलेका पनि क्षमताको ४०% मात्रै संचालनमा

Tata
GBIME

काठमाडौं। निषेधाज्ञाका कारण बालाजु औद्योगिक क्षेत्रभित्रका २५ प्रतिशत उद्योगहरु बन्द भएका छन्।

उत्पादन बजारमा पठाउन समस्या भएकाले उद्योग बन्द भएका हुन्। हाल सञ्चालनमा रहेका उद्योगहरुले पनि क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गरिरहेको बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष भोजराज विनाडीले बताए।

अत्यावश्यक ग्यास, डेरी, पानी, खाद्यान्न र प्लास्टिक उद्योगहरु सञ्चालनमा छन्। 'निषेधाज्ञाले कामदार आउजाउँ गर्न सक्ने अवस्था रहेन। बजार पनि लामो समयदेखि बन्द छ,' विनाडीले भने, 'त्यसैको असर उद्योगहरुमा परेको हो।'

बालाजु औद्योगिक क्षेत्रभित्र करिब एक सय ४० वटा उद्योगहरु छन्। गत वर्षको लकडाउनमा ५० प्रतिशतभन्दा बढी उद्योगहरु बन्द भएका थिए। बन्द नभएका उद्योगहरु पनि क्षमताको २० प्रतिशतमा चलेका थिए।खाद्यान्न, डेरी, ग्यास र पानीका उद्योगका सञ्चालकले पनि बिक्री घटेका कारण क्षमता भन्दा कम चलेका छन्।