वीरगंजबाट १० महिनामा भित्रियो ७ खर्ब ९४ अर्बको सामान, पोहोरभन्दा १५ प्रतिशत बढी



बिजमाण्डू
२०८३ जेठ १० गते ०८:२१ | May 24, 2026
वीरगंजबाट १० महिनामा भित्रियो ७ खर्ब ९४ अर्बको सामान, पोहोरभन्दा १५ प्रतिशत बढी


काठमाडौं । वीरगंज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा ७ खर्ब ९४ अर्ब ८७ करोड मूल्य पर्ने वस्तु तथा समान आयात भएको छ।

Tata
GBIME

गत आर्थिक वर्षको १० महिनाको तुलनामा चालु अवधिको सोही अवधिमा यो नाका हुँदै एक खर्ब दुई अर्ब ४४ करोड अर्थात् १५ प्रतिशत बढी सामान भित्रिएको हो।

वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगंज हुँदै हुने आयातमा बढोत्तरी भएको बताए। उनले चालु आर्थिक वर्षमा पेटोलियम पदार्थ र फलाम तथा फलामजन्य वस्तुको आयातमा वृद्धि भएको जानकारी दिए।

जबकि गत आर्थिक वर्षको १० महिनामा भने ६ खर्ब ९२ अर्ब ४३ करोड मूल्यका वस्तु तथा सामान आयात भएको थियो।

चालु आर्थिक वर्षको १० महिनामा एक खर्ब ८१ अर्ब ७० करोड मूल्य पर्ने पाँच थरिका पेटोलियम पदार्थको आयात भएको छ। त्यसैगरी, सोही अवधिमा ६९ अर्ब ४२ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएको छ। ५७ अर्ब ६६ करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएको छ। त्यसैगरी ५५ अर्ब सात करोड मूल्य पर्ने भटमासको कच्चातेल आयात भएको छ। रासस