भिजिट भिसामा एक वर्षमै २ लाख ६१ हजार नेपाली गए विदेश, फर्किएनन् ७५ प्रतिशत



बिजमाण्डू
२०८३ जेठ ४ गते १७:५३ | May 18, 2026
भिजिट भिसामा एक वर्षमै २ लाख ६१ हजार नेपाली गए विदेश, फर्किएनन् ७५ प्रतिशत
त्रिभुवन विमास्थलमा विदेश जानेहरुको लर्को। फाइल तस्वीर


काठमाडौं। भिजिट भिसामा विदेश जाने नेपालीमध्ये अधिकांश स्वदेश फर्किने नगरेको पाइएको छ। भिजिट भिसामा विदेश गएकाहरुमध्ये ७५ प्रतिशत विदेशबाट नफर्किएको पाइएको हो।

Tata
GBIME

महालेखा परीक्षकको कार्यालयको ६३औं वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्ष १ लाख ४९ हजार ७८९ पुरुष र १ लाख ११ हजार ७६२ महिला गरी २ लाख ६१ हजार ५५१ नेपाली भिजिट भिसामा विदेश भ्रमणमा गएका थिए।

‘भिजिट भिसामा विदेश भ्रमणमा जानेमध्ये महिनाको एक जनाका दरले नमुना छनोट गरी १२ जनाको परीक्षण गरिएकोमा १२ मध्ये ९ जना भ्रमणपश्चात् स्वदेश फर्केको देखिएन,’ प्रतिवेदनमा भनिएको छ।

महालेखाले यसमा नियमन गर्न भनेको छ।