इभीको मोटर क्षमता यकिन गर्ने आधार तय गर्न महालेखाको सुझाव, कर प्रणाली मूल्यमा

बिजमाण्डू
२०८३ जेठ १ गते २०:४२ | May 15, 2026
इभीको मोटर क्षमता यकिन गर्ने आधार तय गर्न महालेखाको सुझाव, कर प्रणाली मूल्यमा


काठमाडौं। महालेखा परीक्षकको कार्यालयले नेपालमा आयत हुने विद्युतीय सवारीसाधन (इभी) मा हुने मोटर क्षमता यकिन गर्ने आधार तय गर्न सरकारलाई सुझाव दिएको छ।

Vigo
GBIME
Tata

महालेखाको ६३औं वार्षिक प्रतिवेदनले विद्युतीय सवारीसाधनको मोटर क्षमता यकिन गर्ने आधार तय गर्न भनेको छ। प्रतिवेदनमा भनिएको छ- ‘आयातित मालबस्तु तथा सेवाको मूल्याङ्कन विधिलाई अन्तर्राष्ट्रिय मान्यताअनुरूप कारोबार मूल्यमा गर्ने गरी प्रणालीगत सुधार गर्नुपर्दछ। विद्युतीय सवारीको पैठारी भन्सार महसुल निर्धारण गर्न त्यस्ता सवारीको मोटर क्षमता यकिन गर्ने आधार तय गर्नुपर्दछ।’

महालेखाले सरकारसँग मोटर पावर यकिन गर्ने आधार खोजेको छ। साथै आयातित मालबस्तु तथा सेवाको मूल्याङ्कन विधिलाई अन्तर्राष्ट्रिय मान्यताअनुरूप कारोबार मूल्यमा गर्ने गरी प्रणालीगत सुधार गर्नुपर्ने पनि सुझाव दिएको छ।

महालेखाले ६२औं वार्षिक प्रतिवेदन देखिनै मोटर पावरको क्षमताको करको विषय उठाउँदै आएको छ। कर छलीको विषयमा महालेखाले बेरुजु समेत देखाएको थियो।