यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पुण्यप्रसाद सिटौला, पदाधिकारीमा को को?



बिजमाण्डू
२०८३ बैशाख ३१ गते १४:५६ | May 14, 2026
यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पुण्यप्रसाद सिटौला, पदाधिकारीमा को को?


काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ।

Tata
GBIME

महासंघको अध्यक्षमा पुण्य प्रसाद सिटौला १०३० मतसहित निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा सानु काजी प्रजापति, एन कुमार साई र केदार प्रसाद पौडेल विजयी भएका छन्।

यस्तै उपाध्यक्ष पदमा चन्द्र ओझा, डम्बरराज पन्त, आत्माराम थापा, कान्छाराम थिङ, कान्छामान बल, जीतबहादुर भारती र रामप्रसाद सुवेदी निर्वाचित भएका छन्।

महासचिव पदमा डेकनाथ गौतम निर्वाचित भएका छन् भने उपमहासचिवमा देवीन श्रेष्ठ, भानुभक्त बराल र पुरुषोत्तम सिखंडा विजयी भएका छन्। सचिव पदमा उमेश केसी, चेतप्रसाद गौतम (अर्जुन) र टंकप्रसाद बस्याल निर्वाचित भएका छन्।

कोषाध्यक्षमा राजेन्द्र आचार्य तथा सहकोषाध्यक्षमा शोभाखर पौडेल निर्वाचित भएका छन्। केन्द्रीय सदस्यतर्फ समीक्षा गुरुङसहित विभिन्न उम्मेदवार विजयी भएका छन्।

कुन पदमा को को विजयी ?