रोयल इन्फिल्डको ‘रेन्टल पार्टनर्स मिट २०२६’ सम्पन्न, दुई पाङ्ग्रे पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्य

बिजमाण्डू
२०८३ बैशाख ३० गते १६:३५ | May 13, 2026
रोयल इन्फिल्डको ‘रेन्टल पार्टनर्स मिट २०२६’ सम्पन्न, दुई पाङ्ग्रे पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्य


काठमाडौं । नेपालमा दुई पाङ्ग्रे पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित रोयल इन्फिल्ड नेपालले ‘रेन्टल पार्टनर्स मिट २०२६’ आयोजना गरेको छ।

Vigo
GBIME
Tata

सो कार्यक्रममा नेपालभरका मोटरसाइकल रेन्टल व्यवसायसँग सम्बन्धित सरोकारवालाहरू सहभागी भएका थिए। रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले आयोजना गरेको कार्यक्रममा नेपालका विभिन्न क्षेत्रका ४० मोटरसाइकल रेन्टल कम्पनीका संचालक, रोयल इन्फिल्ड इन्डियाका प्रतिनिधि तथा आयोजकका कर्मचारीहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा नेपालमा विस्तार भइरहेको मोटरसाइकल पर्यटन क्षेत्रका सम्भावना, चुनौती र दिगो विकासका उपायबारे छलफल गरिएको थियो। सहभागीहरूले नियामकीय जटिलता, पूर्वाधार अभाव तथा व्यवसायिक दिगोपनासम्बन्धी समस्याबारे धारणा राखेका थिए। साथै, सरकारी निकायसमक्ष साझा सुझाव प्रस्तुत गर्न उद्योगबीच समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो।

कार्यक्रममा वक्ताहरूले दुई पाङ्ग्रे पर्यटनले नेपालमा विदेशी पर्यटक भित्र्याउने, रोजगारी सिर्जना गर्ने तथा ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका थिए। उनीहरूले नेपाललाई एड्भेनचर मोटरसाइकलिङको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्न पनि यो क्षेत्र महत्वपूर्ण हुने उल्लेख गरेका थिए।

अल्फा मोटिभले रेन्टल पार्टनरहरूसँग सहकार्य, समन्वय तथा उद्योगसम्बन्धी जानकारी आदानप्रदानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। त्यसैगरी रोयल इन्फिल्डले नेपालमा राइडिङ इकोसिस्टमलाई थप सशक्त बनाउन पार्टनरसिप, कम्युनिटी इन्गेजमेन्ट, तथा सस्टेनएबल टुरिजम इनिसिएटिभ्सलाई निरन्तरता दिने जनाएको छ।