उत्पादनमूलक क्षेत्रका कम्पनीको ब्यालेन्स सिटमा सुधार, कुनले कति कमाए नाफा?



बिजमाण्डू
२०८३ जेठ ३ गते १८:०३ | May 17, 2026
उत्पादनमूलक क्षेत्रका कम्पनीको ब्यालेन्स सिटमा सुधार, कुनले कति कमाए नाफा?


काठमाडौं। उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीले व्यापार बढाएका छन्। जसले गर्दा ती कम्पनीको नाफामा सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्जमा सूचीकृत उत्पादन तथा प्रशोधन क्षेत्रका अधिकांश कम्पनीले व्यापार बढाएर आफ्नो ब्यालेन्स सिट सुधार गरेका हुन्।

Tata
GBIME

आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म सर्वोत्तम सिमेन्ट, हिमालयन डिष्टिलरी, शिवम् सिमेन्ट, बोटलर्स नेपाल बालाजु, सोनापुर मिनरल्स आयल र बोटलर्स नेपाल तराईले नाफा बढाएका छन्। वित्तीय लागत घट्दा र व्यापार बढ्दा ब्यालेन्स सिटमा सुधार देखिएको हो।

ओम मेगाश्री फर्मास्युटिकल्स, सागर डिष्टिलरी र घोराही सिमेन्ट भने नोक्सानीमा छन्। घोराही सिमेन्टले व्यापार बढाएर नोक्सानी घटाएको छ। कम्पनीको वित्तीय स्थिति पोहोरभन्दा सुध्रिएको छ।

युनिलिभर नेपालको नाफामा सामान्य गिरावट आएको छ। कम्पनीको नाफा यो वर्ष ९ महिनामा ६ प्रतिशतले घटेको छ। रिलायन्स स्पिनिङ मिल्स र एसवाइ प्यानलको नाफा घटेको छ।

नेप्सेमा सूचीकृत उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीको दुई आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय अवस्था

कम्पनी२०८२/८३ चैतसम्म
खुद नाफा (रू लाखमा)
२०८१/८२ चैतसम्म
खुद नाफा (रू लाखमा)
फरक %२०८२/८३
चैतसम्म
सञ्चालन आम्दानी (रू लाखमा)
२०८१/८२ चैतसम्म
सञ्चालन आम्दानी (रू लाखमा)
फरक %
सर्वोत्तम सिमेन्ट९०५८६०३०५०७००७९६८११४
हिमालयन डिष्टिलरी८५१३७३९२१५५७१९१५३५८३
युनिलिभर नेपाल४५५३४८२२-६१८७२७१९६६५-५
शिवम् सिमेन्ट६१९१४००५५५४९५४७५३९७२-८
बोटलर्स नेपाल बालाजु२१९९१५९१२८३७६५४१७०७४४
सोनापुर मिनरल्स२२६१-७५९३०४१७९१५८२३२
बोटलर्स नेपाल तराई२७७०८०७२४३५५५८०४९१३६१३
श्रीनगर एग्रिटेक२००१३,५१५
एसवाई प्यानल नेपाल३०२३६६-१७५३०८५१७०
सागर डिष्टिलरी-३५३-७७१९४०१५८८२२
‌ओम मेगाश्री फर्मास्युटिकल्स-४०९१३९१२१४८-३५
घोराही सिमेन्ट-१५८६-५५४३३५५११३५२६५
पाल्पा सिमेन्ट५७३३४०३९
रिलायन्स स्पिनिङ मिल्स२६६८३२४२-१८७४६०४७३९१७
स्रोत : कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण

मुनाफा सबैभन्दा धेरै बढाउनेमा बोटलर्स नेपाल बालाजु छ। उसले करिब १३ गुणाले मुनाफा बढाएको हो।

मुनाफा धेरै गर्नेमा भने सर्वोत्तम सिमेन्ट छ। यो कम्पनीले ९ महिनामा ९० करोड रुपैयाँ मुनाफा कमाएको छ। कम्पनीले पोहोर तेस्रो त्रैमासको तुलनामा नाफा ५० प्रतिशत वृद्धि गरेको हो।

गत वर्ष ९ महिनामा सर्वोत्तम सिमेन्टले ६० करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो। सर्वोत्तमले ९ अर्ब रुपैयाँको व्यापार गरेको छ। यो पोहोर ९ महिनाको तुलनामा ३ प्रतिशत बढी हो।

बैंकको ब्याजदर निरन्तर घटेको प्रभाव कम्पनीहरुको ब्यालेन्स सिटमा देखिएको छ। ब्याजदरमा गिरावटले कम्पनीहरुको वित्तीय लागत घटेको छ।

नेप्सेमा सूचीकृत उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनीको दुई आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय अवस्था

कम्पनी२०८२/८३ चैतसम्म
वित्तीय लागत (रू लाखमा)
२०८१/८२ चैतसम्म
वित्तीय लागत (रू लाखमा)
फरक %
२०८२/८३ चैतसम्म प्रति सेयर आम्दानी (रूपैयाँ)


२०८१/८२ चैतसम्म
प्रति सेयर आम्दानी (रूपैयाँ)
फरक %
२०८२/८३ चैतसम्म
प्रति सेयर नेटवर्थ (रूपैयाँ)


२०८१/८२ चैतसम्म
प्रति सेयर नेटवर्थ (रूपैयाँ)
फरक %
सर्वोत्तम सिमेन्ट१८६३२२७०-१७.९३२३.१२१६.१६४३.०७१९५.९६१९३.९३१.०५
हिमालयन डिष्टिलरी८५१३७,३९२१५.१७३०.७८२६.७३१५.१५१३१.८१२८.८९२.२६
युनिलिभर नेपाल८०६५२३.०८४९५५२४-५.५३५११७४,५९३११.४१
शिवम् सिमेन्ट१०३७४३९.१९१४.७६९.७९५०.७७१८५.३११८१.१२.३२
बोटलर्स नेपाल बालाजु-१२२१-१६२४-२४.८२१३३२११६.६७३२९७३,४१२-३.३७
सोनापुर मिनरल्स-३६३०-२६४३७.३५-२.४७१९७.२२१८५.८६६.११
बोटलर्स नेपाल तराई-१०९६-१३९६३०५८९२४२.७३१३८३,४९७-१०.२७
श्रीनगर एग्रिटेक४६२१.३३११०.८९
एसवाई प्यानल नेपाल-१-२३.७५४.६७-१९.७
सागर डिष्टिलरी१७३१५५११.६१-६.४९-१.७७१२७.०८१३८.५१-८.२५
‌ओम मेगाश्री फर्मास्युटिकल्स३९८४६९-१५.१४-६.८३१.२६९७.५१०३.५४-५.८३
घोराही सिमेन्ट-४९१८-६,८८७-३.१६-१२.१४१६८.६९१९०.८-११.५९
पाल्पा सिमेन्ट२८२४२२.४८१२९.५८
रिलायन्स स्पिनिङ मिल्स-४१९०९-६३६३२२०.४२२५.४९-१९.८९४९७.३७
स्रोत : कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण