फाइभजीका लागि फ्रिक्वेन्सी अक्सन चाँडै, ३३००देखि ३७०० ब्याण्डको न्यूनतम मूल्य ४० लाख

बिजमाण्डू
२०८३ बैशाख ३० गते १३:५६ | May 13, 2026
फाइभजीका लागि फ्रिक्वेन्सी अक्सन चाँडै, ३३००देखि ३७०० ब्याण्डको न्यूनतम मूल्य ४० लाख


काठमाडौं। संचारमन्त्री डा. विक्रम तिमिल्सिनाले फाइभजी सेवाका लागि फ्रिक्वेन्सी अक्सन गर्न लागिएको जानकारी दिएका छन्। उनले फ्रिक्वेन्सीको न्यूनतम मूल्य ४० लाख निर्धारण गरिएको बताउँदै अक्सनको प्रक्रिया अगाडि बढेको बताए।

Vigo
GBIME
Tata

‘दूरसञ्चार ऐन २०५३ अन्तर्गतको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले फाइभजीका लागि महत्त्वपूर्ण निर्णयहरू गरिसकेको छ। ३३०० देखि ३७०० मेगाहर्ज ब्याण्डलाई न्यूनतम मूल्य प्रति मेगाहर्ज ४० लाख रुपैयाँ कायम गरिसकेको छौं,’ उनले संचारकर्मीसँगको भेटमा बुधबार भने। उनले फोरजीलाई सुदृढ गर्दै फाइभजी सेवा विस्तार गर्ने स्पस्ट पारे।