नेपाल टेलिकमको नयाँ प्रिपेड ई-सिम अब अनलाइनबाटै, हट्यो कार्यालय धाउनुपर्ने बाध्यता



बिजमाण्डू
२०८३ बैशाख २९ गते १०:५० | May 12, 2026
नेपाल टेलिकमको नयाँ प्रिपेड ई-सिम अब अनलाइनबाटै,  हट्यो कार्यालय धाउनुपर्ने बाध्यता


काठमाडौं । नेपाल टेलिकमको नयाँ प्रिपेड ई-सिम अब अनलाइनबाटै लिन सकिने भएको छ। टेलिकमले अब नयाँ ई-सिम लिन व्यक्ति स्वयं कार्यालय जानुपर्ने बाध्यता हटाएको हो।

Tata
GBIME

नयाँ प्रिपेड ई–सिम लिन चाहने सेवाग्राहीले टेलिकमले दिएको पोर्टलमा लगइन गरी त्यहाँ रहेको गेट न्यू प्रिपेड ई-सिममा क्लिक गरे पश्चात दिइएको निर्देशन अनुसार रजिष्टर गरी आवश्यक विवरण उपलब्ध गराउनु पर्नेछ।

त्यसपछि विभिन्न वालेट तथा क्यूआर कोडमार्फत रकम भुक्तानी गरे पश्चात ई-सिमको क्यूआर कोड उपलब्ध हुने र क्यूआर कोड स्क्यान गरेर आफ्नो मोबाइल सेटको सेटिङमार्फत ई-सिम सक्रिय गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

टेलिकमले पहिले देखि नै प्रयोगमा रहेको सिमलाई अनलाइनमार्फत ई-सिम बनाउन सकिने सुविधा समेत उपलब्ध गराएको छ।

नयाँ फिजिकल सिम लिनका लागि आवश्यक फारम भर्न र ग्राहक विवरण अर्थात केवाईसी दर्ता गर्न वा अद्यावधिक गर्नका लागि आवश्यक अनलाइन केवाईसी पोर्टल समेत उपलब्ध रहेको टेलिकमले जानकारी दिएको छ ।