काठमाडौं। मोरिस ग्यारेज (एमजी)को आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले नयाँ एसयूभी एस सिक्स नेपाल ल्याएको छ। कम्पनीले सोमबार उक्त नयाँ मोडल नेपाली बजारमा सार्वजनिक गरेको हो।
कम्पनीले उक्त गाडीको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ राखेको छ।
यो गाडी भएको ७७ किलोवाट आवरको एनसीएम ब्याट्रीले ५३० किलोमिटर रेन्ज प्रदान गर्छ। यसको उक्त ब्याट्रीलाई १४४ किलोवाट क्षमताको डीसी चार्जरले चार्ज गर्न सकिन्छ।
यसमा ६७४ लिटरको ठुलो बुट स्पेश र पछाडिको सिट फोल्ड गर्दा १९१० लिटरसम्म विस्तार हुनेछ। एमजी एस सिक्समा १८० किलोवाट आवरको रियर ह्वील मोटर दिएको छ।

अल ह्वील ड्राइभ युक्त कारमा पाँच ड्राइभ मोड नर्मल, स्पोर्ट, इको, स्नो र कस्टम छ । कारमा १२.८ इन्च एचडी टचस्क्रिन र १०.२५ इन्च ड्राइभर डिस्प्ले दिइएको छ। एमजी एस सिक्स ईभीमा एप्पल कारप्ले र एन्ड्रोइड अटोका लागि वायरलेस कनेक्टिभिटी दिइएको छ।










