नेपाल आयो रोयल इन्फिल्डको नयाँ बाइक गुरिल्ला ४५०, मूल्य ८ लाख ९९ हजार

बिजमाण्डू
२०८३ बैशाख २८ गते २०:४२ | May 11, 2026
नेपाल आयो रोयल इन्फिल्डको नयाँ बाइक गुरिल्ला ४५०, मूल्य ८ लाख ९९ हजार


काठमाडौं। नेपाली बजारमा रोयल इन्फिल्डको नयाँ मोटरसाइकल गुरिल्ला ४५० पनि आजबाट बिक्री सुरु भएको छ।

Vigo
GBIME
Tata

ब्राजिल र भारतपछिको सबैभन्दा ठूलो मार्केट नेपाल हो। नेपालमा अल्फा अटोमोटिभले गत अंग्रेजी वर्षमा १५ हजार युनिट बिक्री गरेको छ। 

रोयल इनफिल्ड गुरिल्ला ४५० मोटरसाइकलमा ४५२ सीसी क्षमताको सिंगल सिलिन्डर, लिक्वीड कूल्ड, डीओएचसी, एफआई, शेर्पा इन्जिन रहेको छ। यो इन्जिनले अधिकतम ८ हजार आरपीएममा ४० हर्सपावर तथा ५५०० आरपीएममा ४० एनएमकै पिक टर्क जेनेरेट गर्छ। यसमा ६ स्पिडको गियर बक्स पाउन सकिन्छ।

सबै भेरियन्टको मूल्य ८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

कम्पनीका अनुसार यसमा हिमालयनमा भन्दा यो मोडलको बाइकमा ट्युनिङ र गियरिङ फरक छन्। यसलाई ‘गुरिल्ला क्यारेक्टर’ को डिजाइनमा बनाइएको कम्पनीले जनाएको छ।

यो बाइकमा च्यासिस भने हिमालयन मोडलको जस्तै छ। यसमा युएसडी फोर्क टेलिस्कोपिक युनिट भए पनि रियर सस्पेन्सन ह्यान्डल गर्न मोनोसक प्रयोग गरिएको छ। डुअल च्यानल एबिएससहित दुवै टायरमा अगाडि ३१० एमएम र पछाडि २७० एमएमको डिस्क ब्रेक यसमा उपलब्ध छ।

गुरिल्ला ४५० मा फ्युल ट्यांक ११ लिटर क्षमताको छ। साथै १७ इन्चको एलोय ह्वील भएको ट्युबलेस टायर दिइएको छ। यो बाइक पाँच वटा रंगमा ३ वटा एपेक्स, ड्यास र फ्ल्यास भेरियन्टमा आएको छ।