‘भिजिट नेपाल २०८५’ घोषणा, पर्यटक खर्च वद्धि र बसाई लम्ब्याउन सरकारले काम गर्ने



बिजमाण्डू
२०८३ बैशाख २८ गते १७:२७ | May 11, 2026
‘भिजिट नेपाल २०८५’ घोषणा, पर्यटक खर्च वद्धि र बसाई लम्ब्याउन सरकारले काम गर्ने


काठमाडौं। सरकारले ‘भिजिट नेपाल २०८५’ घोषणा गरेको छ। सोमबार नीति तथा कार्यक्रममार्फत सरकारले ‘भिजिट नेपाल २०८५’ घोषणा गरेको हो।

Tata
GBIME

आगामी आ‍र्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भिजिट नेपाल २०८५ को पूर्ण तयारीका लागि पर्यटक आगमन,  प्रति पर्यटक खर्च वद्धि र बसाई अवधि बढाउने गरि अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन गर्ने उल्लेख गरेका हुन्।

साथै नेपाललाई विश्व आध्यात्मिक पर्यटनका केन्द्र रुपमा स्थापित गर्न देवभूमि नेपाल राष्ट्रिय अभियान संचालन गर्ने उल्लेख गरिएको छ।

नेपाललाई धार्मिक, सांस्कृति, आरोग्य अध्ययन र चलचित्र अध्यात्मिक तथा अवकास पर्यटनको उदाउँदो गन्तव्यको रुपमा विकास कार्यक्रममा उल्लेख छ।