काठमाडौं । सामसङ नेपालले आफ्नो फ्ल्यागशिप स्मार्टफोन लाइनअपमा ‘स्काई ब्लू ‘ रंगको ग्यालेक्सी एस२६ अल्ट्रा सार्वजनिक गरेको छ।
स्काइ ब्लू भेरियन्टको आगमनले सामसङले नेपाली उपभोक्ताहरूको बदलिँदो चाहनाअनुसार स्थानीय विकल्पहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धता झन् प्रष्ट बनाएको कम्पनीले जनाएको छ।
खुला आकाश र अनन्त सम्भावनाबाट प्रेरित यो नयाँ रङले आशावाद र क्रिएटिभिटीको भावना बोकेको कम्पनीको भनाइ छ। यसले प्रयोगकर्तालाई आफूलाई स्वतन्त्र रूपमा व्यक्त गर्न सशक्त बनाउने ब्रान्डको भिजनसँग उत्कृष्ट रूपमा मेल खाने भनिएको छ।
ग्यालेक्सी एस२६ अल्ट्राको स्काई ब्लू भेरियन्टसँगै आकर्षक अफर पनि सार्वजनिक भएको छ। यो भेरियन्ट खरिद गर्दा ग्यालेक्सी बड्स४ मा ६०% छुट पाइनेछ। यो अफर अप्रिल २३ देखि ३० सम्म मात्र मान्य छ। साथै, ६ हजार ४५२ रुपैयाँ प्रति महिनाबाट सुरु हुने २४ महिनासम्मको EMI सुविधाले अब यो फोन किन्न सकिने कम्पनीले जनाएको छ।
यसको आकर्षक नयाँ लुकसँगै ग्यालेक्सी एस२६ अल्ट्राले सामसङको गुणस्तर, भरपर्दो र नेपालभरि उपलब्ध बिक्रीपछिको सेवाबाट समर्थित एक समग्र इकोसिस्टम अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ।
यो भेरियन्टको स्मार्टफोन नेपालभरका सामसङका अधिकृत स्टोर र रिटेल आउटलेटहरूमा उपलब्ध रहेको छ।








