नेपाल टेलिकमले ल्यायो नयाँ वर्ष अफर, ४९९ रुपैयाँमा एक महिनासम्म अनलिमिटेड डेटा



बिजमाण्डू
२०८२ चैत्र ३० गते ११:५४ | Apr 13, 2026
नेपाल टेलिकमले ल्यायो नयाँ वर्ष अफर, ४९९ रुपैयाँमा एक महिनासम्म अनलिमिटेड डेटा


काठमाडौं। नेपाल टेलिकमले नयाँ वर्ष २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकलाई विभिन्न अफर सार्वजनिक गरेको छ। टेलिकमले न्यु इयर लाइट र न्यु इयर प्रिमियम प्याकेज ल्याएको हो।

Tata
GBIME

न्यु इयर लाइट अन्तर्गत सोमबारदेखि जेठ २ गते सम्मका लागि ४९९ रुपैयाँमा प्रति दिन ५ जीबी डेटा उपलब्ध हुनेछ। ५ जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।

त्यसैगरी न्यु इयर प्रिमियम अन्तर्गत ६९९ रुपैयाँमा प्रति दिन १० जीबी डेटा उपलब्ध हुनेछ। १० जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

यो प्याकेज मोबाइलबाट *१४१५*११# डायल गरेर तथा नेपाल टेलिकम एपबाट प्याकेज खरिद गर्न सकिनेछ।