काठमाडौं। नेपाल राष्ट्र बैंकका निर्देशक हिमप्रसाद न्यौपाने र मुक्तिनाथ सापकोटा कार्यकारी निर्देशकमा बढुवा भएका छन्।
राष्ट्र बैंक सञ्चालक समितिको बिहीबार साँझ बसेको बैठकले न्यौपाने र सापकोटालाई कार्यकारी निर्देशकमा बढुवा गर्ने निर्णय गरेको हो।
सापकोटा २०५३ र न्यौपाने २०५९ मा राष्ट्र बैंकमा प्रवेश गरेका थिए। सापकोटा हाल आन्तरिक लेखापरीक्षण विभाग र न्यौपाने बैंकिङ विभागमा कार्यरत छन्।
किरण पण्डित डेपुटी गभर्नर नियुक्त भएपछि तथा रोशन सिग्देलले अवकाश पाएपछि कार्यकारी निर्देशकको दुई पद खाली भएको थियो। पण्डितलाई सरकारले गत मंगलबार डेपुटी गभर्नर नियुक्त गरेको थियो।











