सफ्टवेयर कम्पनी ‘बिधी’ स्थापनाको १२ वर्ष पूरा, अन्तर्राष्ट्रिय बजारमा उपस्थिति विस्तार गर्दै



बिजमाण्डू
२०८२ चैत्र २५ गते १३:३७ | Apr 8, 2026
सफ्टवेयर कम्पनी ‘बिधी’ स्थापनाको १२ वर्ष पूरा, अन्तर्राष्ट्रिय बजारमा उपस्थिति विस्तार गर्दै


काठमाडौं। नेपाली सफ्टवेयर कम्पनी ‘बिधी’ले स्थापनाको १२ वर्ष पूरा गरेको छ। कम्पनीले प्रोडक्टमा आधारित तथा कस्टमाइज्ड सफ्टवेयर बनाएर विभिन्न उद्योगका कर्पोरेट ग्राहकलाई सेवा दिँदै आएको हो।

Tata
GBIME

कम्पनीका अनुसार बिधीको एचआर तथा पेरोल सफ्टवेयर हाल नेपालभरका २०० भन्दा बढी कम्पनीहरूले प्रयोग गरिरहेका छन्। त्यसैगरी, कम्पनीको ईआरपी सोलुसन्स निर्माण तथा जलविद्युत् क्षेत्रमा लोकप्रिय छ। १०० भन्दा बढी कम्पनीहरूले यसको प्रयोग गरिरहेका छन्।

निर्माण क्षेत्रमा शर्मा एण्ड कम्पनी, कालिका कन्स्ट्रक्सन र हिमालयन बिल्डर्सजस्ता ठूला कम्पनीहरूले बिधीको ईआरपी प्रणाली प्रयोग गरिरहेका छन्। यस्तै, जलविद्युत् क्षेत्रमा अपर त्रिशूली, भुगोल हाइड्रोपावर र तनहुँ हाइड्रोपावरजस्ता परियोजनाहरूले पनि बिधीका समाधान अपनाएका छन्।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले १२ वर्ष पूरा गर्नु गौरवको विषय भएको बताए।

‘प्रविधिको विकाससँगै व्यवसायहरूलाई प्रविधिमार्फत सहजता प्रदान गर्ने हाम्रो यात्रा १२ वर्ष पूरा भएको छ,’ उनले भने, ‘यस अवधिमा योगदान पुर्‍याउने सम्पूर्ण टिम, ग्राहक तथा साझेदारप्रति आभार व्यक्त गर्दछु।’

उनले आगामी दिनमा एचआर तथा पेरोल र ईआरपी प्लेटफर्ममा एआई-आधारित सुविधा थप्ने तयारी भइरहेको जानकारी दिए। यसअन्तर्गत पेरोल प्रोसेसिङमा स्वचालन, एआई-आधारित उपस्थिति व्यवस्थापन, कार्यबल विश्लेषण तथा व्यवसायलाई छिटो र प्रभावकारी निर्णय लिन सहयोग गर्ने प्रिडिक्टिभ इनसाइट्स समावेश गरिनेछ।

कम्पनीले आगामी दिनमा अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने लक्ष्य राखेको पनि जानकारी दिएको छ। बिधीले आफूलाई नेपालबाट उदाएको प्रविधि नवप्रवर्तनकर्ताका रूपमा स्थापित गर्दै विश्व बजारमा स्केलेबल तथा एआईमा आधारित समाधान प्रदान गर्ने योजना बनाएको जनाएको छ।