नेपाल टेलिकमका प्रिपेड प्याकेजमा थपियो समय, मन्त्रीको निर्देशनपछि ३० दिनमा रूपान्तरण

बिजमाण्डू
२०८२ चैत्र २५ गते १३:४१ | Apr 8, 2026
नेपाल टेलिकमका प्रिपेड प्याकेजमा थपियो समय, मन्त्रीको निर्देशनपछि ३० दिनमा रूपान्तरण


काठमाडौं। नेपाल टेलिकमले आफ्नो प्रिपेड सेवाअन्तर्गत २८ दिन अवधिका प्याकेजलाई बढाएर ३० दिन बनाएको छ।

Vigo
GBIME
Tata

टेलिकमले सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि ‘कम्बो-२९९ प्याक’को समयावधि मंगलबार रातिदेखि नै २८ दिनबाट बढाएर ३० दिन कायम गरेको हो।

टेलिकमकी निमित्त प्रबन्ध निर्देशक रीना डंगोलले हाल २८ दिने एउटा प्याकेजलाई ३० दिनमा रूपान्तरण गरेको र वैशाख ११ गतेसम्म यो अवधिका सबै प्याकेजलाई ३० दिनमा रूपान्तरण गरिसक्ने बताइन्।

ग्राहकले अब उही मूल्यमा दुई दिन बढी सेवा पाउने भएका छन्। ग्राहकले डेटा, भ्वाइस तथा एसएमएस प्रयोगमा अतिरिक्त सुविधा प्राप्त गर्नेछन्।