पर्यटन प्रवर्धनको परम्परागत अभ्यासबाट बाहिर निस्किन बोर्डलाई मन्त्री पौडेलको निर्देशन



बिजमाण्डू
२०८२ चैत्र २३ गते १८:२१ | Apr 6, 2026
पर्यटन प्रवर्धनको परम्परागत अभ्यासबाट बाहिर निस्किन बोर्डलाई मन्त्री पौडेलको निर्देशन

काठमाडौं। पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले पर्यटन प्रवर्धनको परम्परागत स्वरुप र अभ्यासबाट बाहिर निस्किन नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन्।

Tata
GBIME
Nepal Life

उनले सोमबार आफ्नो स्वागतमा बोर्डले राखेको कार्यक्रममा पर्यटन देश विकासको प्रमुख आधार भएकाले नवप्रवर्धनयुक्त अभियान सञ्चालन गर्नुपर्ने बताए।

‘अहिले सरकार फेरिएको छ। अब पर्यटन प्रवर्धनको शैली पनि फेरिनुपर्छ। त्यसका लागि आवश्यक नीतिगत सहयोग गर्न म तयार छु। यसका लागि पर्यटन बोर्ड पनि तयार रहनुपर्छ,’ उनले भने।

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले बोर्डले अन्तर्राष्ट्रिय बजारमा नेपाललाई सशक्त रूपमा प्रवर्धन गर्दै आएको बताएका थिए।